न्यायालय विवादतर्फ सरकारको ध्यान गएको छ :  शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले न्यायालयमा देखिएको विवादतर्फ सरकारको ध्यान गएको बताएका छन् । 

आइतबार नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले सदरमुकाम खलंगामा गरेको पत्रकार सम्मेलनका क्रममा शर्माले यस्तो बताएका हुन् । 

सो क्रममा शर्माले प्रधानन्यायाधीशका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति नै सरकारको धारणा भएको बताए । ‘केही समयमै प्रधानन्यायाधीशका विषयमा छलफल गर्ने प्रधानमन्त्रीले भन्नुभएकै छ,’ अर्थमन्त्री शर्माले भने, ‘यसमा सरकारले ध्यान दिएको छैन भन्ने होइन ।’ न्यायालयमा देखिएको विवादबारे गठबन्धन दलमा पनि छलफल हुने उनको भनाइ थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.