काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य सुवास नेम्बाङले एमालेमा पूर्वमाओवादी नरहेको बताएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूसँगको छलफलपश्चात् बाहिर निस्किने क्रममा नेम्बाङले यस्तो बताएका हुन् ।
पूर्वमाओवादीलाई दुई पदाधिकारी दिने सहमति भएको हो ? भन्ने प्रश्नको उत्तर दिने क्रममा नेम्वाङले भने, ‘पार्टीमा सबै एमाले भइसकेका छौँ। सबै पद एमालेले नै पाउँछ।’