ओली भेट्न पुगे पूर्व माओवादी नेता, मर्का नपर्ने गरी व्यवस्थापन गर्ने ओलीको आश्वासन

काठमाडौं । पदाधिकारी व्यवस्थापनमा सहमति जुट्न नसक्दा नेताहरु र ओलीबीचको भेटवार्ता लम्बिएको छ । पछिल्लो पटक भने ओलीसँग भेट गर्न पूर्व माओवादी नेता होटल पार्क सफारी रिसोर्ट पुगेका छन् ।

पूर्व माओवादी नेताहरुले तीन पदाधिकारी, स्थायी कमिटि, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा उपस्थिति सुनिश्चित गर्नुपर्ने माग राखेका थिए ।

ओलीले पूर्व माओवादी रामबहादुर थापा बादलले उपाध्यक्ष, उपामहासचिवमा टोपबहादुर रायमाझीलाई प्रस्ताव गरेका थिए । साथै लेखराज भट्टलाई भने सचिवमा प्रस्ताव गरेका थिए । तर पदाधिकारी सहमति नटुङ्गीएपछि पूर्व माओवादी नेता ओलीसँग भेट्न पुगेका हुन् ।

भेटमा टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह लगाएत उपस्थित थिए । तर रामबहादर थापा बादल भने ओलीसँगको भेटमा अनुपस्थित थिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.