आइतवार थप १५८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समय ३४२ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्या तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर र २ हजार ३१४ जनामा गरिएको इन्टिजेन परिक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साथै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

आज थपिएका कोरोना संक्रमितसँगै नेपालमा कुल ६ हजार ९६६ सक्रिय संक्रमित रहेका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.