ओलीलाई बुझाए चार नेताले ३०१ केन्द्रीय सदस्यको नाम

काठमाडौं । केन्द्रीय सदस्यको नामावली टुंग्याउने जिम्मेवारी पाएका चार नेताले ३०१ कन्द्रीय सदस्यको नामावली बुझाएका छन् । 

ओलीले संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउन दिएका थिए ।

बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाललगायत नेताको विरोधबीच कमिटीको नामवली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो ।

ओलीले बिहान १० बजे बन्दसत्र राखेका थिए । तर, अझैसम्म बन्दसत्र सुरु भएको छैन । 

चार नेताले पार्क सफारी होटलको कोठा नम्बर ४०१ मा बसेर केन्द्रीय सदस्यहरुको सूची बनाएका छन् । आफूहरुले पदाधिकारीसहित केन्द्रीय सदस्यको सूची तयार पारेर अध्यक्ष ओलीलाई बुझाएको सचिव गुरुङले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.