युवासंघ केन्द्रीय अध्यक्ष पौडेलले दिए केन्द्रीय सदस्य पदमा उम्मेदवारी

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष, किरण पौडेलले नेकपा एमाले को १० औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । 

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष पौडेलले नेकपा एमालेको केन्द्रीय सदस्य खुलातर्फ उम्मेद्वारी दिएका हुन् । 

पौडेल डाइनामिक नेता जुझारु तथा कुशल नेतृत्वकर्ताकाे रुपमा सुपरिचित छन् । साथै उनी युवालाई देश विकासमा प्रेरित गर्न, नवीनता, सिर्जनशिलता र गतिशीलतालाई आत्मसात गर्ने युवा नेताका रुपमा उच्च छवि भएका नेतामा पर्छन् । जसका कारण उनी युवाले मन र भावना जित्न सफल भएका छन् ।

१० औँ महाधिवेशनमा केन्द्रीय सदस्यहरुको उम्मेदवारहरुमध्ये पौडेल बलियाे उम्मेदवार हुन् । उनी नयाँ पुस्ताका उदीयमान नेताका रुपमा चिनिएकाले पनि उनी बलियो उम्मेदवार हुन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.