काठमाडौं । सत्ता गठबन्धनले न्यायालय ठप्प हुनु गलत भएको निष्कर्ष निकाल्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई बार पदाधिकारीको चित्त बुझान वा राजीनामा दिन सुझाव दिएका छन् ।
आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले प्रधानन्यायाधीश राणालाई उल्लेखित दुई विकल्प दिएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी थिए ।
लामो समयसम्म न्यायालय ठप्प हुँदा राम्रो सन्देश नगएको सत्तागठन्धनको निष्कर्ष छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि न्यायालयमा देखिएको संकटलाई यथाशीघ्र निकास दिनुपर्ने बताउँदै आएका थिए । माओवादी केन्द्रका अध्यक्ष पनि सोही धारमा देखिएका छन् । यद्यपि प्रधानमन्त्री तथा कांग्रेस सभापतिले यस विषयमा खुलेका छैनन् ।