काठमाडौं । प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसको जिल्ला सभापतिको नतिजा सार्वजनिक हुने क्रम जारी छ । आइतबारसम्म ४५ जिल्लाको नतिजा सार्वजनिक भएको छ । ४५ जिल्लाको नतिजा सार्वजनिक भइरहँदा शेरबहादुर देउवाले २२ जिल्लामा आफ्नो पहुँच स्थापित गर्दै अग्रस्थान हासिल गरेको छ ।
त्यसैगरी, रामचन्द्र पौडेल समूहले २० जिल्लामा आफ्नो पहुँच स्थापित गर्न सफल भएका छन् भने कांग्रेसभित्रको तेस्रो धार भनी चिनिने सिटौलाले १ स्थानमा मात्रै आफ्नो पहुँच स्थापित गर्न सफल भएको छ । तर,सर्वसम्मत रुपमा निर्वाचित २ सभापतिले आफूलाई कतै पनि खुलाउन चाहेका छैनन् ।
शेरबहादुर देउवा पक्ष
१.शंकर गुरुङ – मनाङ
२. खडक बोहरा – बझाङ
३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
४. मोहनविक्रम सिंह – हुम्ला
५. कान्छाराम तामाङ – रामेछाप
६. ऐनबहादुर शाही – मुगु
७. खमबीर गर्बुजा – म्याग्दी
८. केशबहादुर विष्ट – सल्यान
९. रुपनारायण जबेगु – पाँचथर
१०. नरेन्द्रबहादुर सिंह – डोटी
११. दीपेन्द्रबहादुर शाही – डोल्पा
१२. कर्णबहादुर शाही – जुम्ला
१३. तेजेन्द्र खनाल- ओखलढुंगा
१४. डा.टकराज गुरुङ – लमजुङ
१५. भीमबहादुर साउद – डडेल्धुरा
१६. रामकृष्ण खाँण – रुपन्देही
१७. युवराज जोशी – पर्वत
१८. डम्बर खड्का – इलाम
१९. किशोरदत्त बराल – कास्की
२०. तीर्थ लामा – काभ्रे
२१. जितेन्द्र श्रेष्ठ – ललितपुर
२२. पदम बोगटी – कञ्चनपुर
रामचन्द्र पौडेल पक्ष
१. रोमी गौचन थकाली – मुस्ताङ
२. केशरमान रोका – रुकुमपूर्व
३. दीपक खड्का- संखुवासभा
४.नन्दप्रसाद न्यौपाने – गोरखा
५. विष्णु राई – खोटाङ
६.हिमालदत्त श्रेष्ठ -पाल्पा
७. राजु थापा – स्याङ्जा
८. किशोर आचार्य – रोल्पा
९. विष्णुकुमार गिरी – प्यूठान
१०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
११. विनोद बान्तवा – भोजपुर
१२. केशव श्रेष्ठ – अर्घाखाँची
१३. चतुरबहादुर चन्द – बैतडी
१४. बर्मा लामा – दोलखा
१५. अम्मबहादुर शाही – कालीकोट
१६. रामसिंह रावल – बाजुरा
१७. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)
१८. मणिराम रेग्मी – दैलेख
१९. शंकरप्रसाद डाँगी – दाङ
२०. रमेश महत – नुवाकोट
कृष्ण सिटौला पक्ष
१. देउमान थेवे – झापा
सर्वसम्मत भएका सभापति
१. प्रेमप्रकाश ओली – रुकुम पश्चिम
२. वेदराज सिंह – जाजरकोट