काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली १० औं महाधिवेशनको बन्दसत्र हल प्रवेश गरेका छन् ।
अब बन्दसत्र सुरु हुने भएको छ । सहमतिबाट पदाधिकारी र केन्द्रीय सदस्य टुंग्याउने भनी उनी दिनभर व्यस्त हुँदा बन्दसत्र सुरु हुन सकेको थिए ।
आइतबार दिनभरको प्रयासपछि ओली अन्ततः सहमतिबाटै नयाँ नेतृत्व चयन गर्ने निष्कर्षका साथ केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको सूची बोकेर बन्दसत्र हल प्रवेश गरेका छन् ।
यसलाई बन्दसत्रले अनुमोदन गरेपछि दशौं महाधिवेशनबाट निर्वाचित कमिटीको घोषणा गरिने जनाइएको छ ।
तर, भीम रावल र घनश्याम भुसालले उनको यो प्रयासलाई कडा आलोचना गरेका छन् ।
बन्दसत्र आइतबार बिहान १० बजेका लागि बोलाइएको थियो । यद्यपि सो समय साँझ ७ र ८ बजेका लागि दोहोर्याइएको थियो ।
पार्क सफारी रिसोर्टबाट बन्दसत्र स्थलतर्फ प्रवेश गर्ने क्रममा ओलीका समर्थकहरुले उनको पक्षमा ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ भन्दै नारा गरेका थिए ।