चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय सम्मेलनको बन्दसत्र सुचारु गर्न अध्यक्ष मण्डलको बैठक सुरु भएको छ ।अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले बैठक सुरु गरेका हुन् । बैठकमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल अष्ट लक्ष्मी शाक्यलगायतका सदस्यहरु सहभागी छन् । यो बैठकमा पदाधिकारी चयनबारे छलफल हुने देखिएको छ । पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा अझै कुरा मिल्न सकेको छैन ।अध्यक्ष ओलीले ईश्वर पोखरेललाई छनौट गर्ने सम्भावना देखिए पछि आकांक्षी सुवास नेम्वाङले अध्यक्षपछि पहिलो वरियता आफ्नो भएको दावी गर्दै उपाध्यक्ष पद खारेज गर्न माग गरेको बुझिएको छ ।