चितवन । नेकपा एमालेका नेता भीम रावलले औपचारिक रूपमा उम्मेदवारी दर्ता गरेका छन् । उनले पार्टीको १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएका हुन । अध्यक्षमा केपी शर्मा ओली सर्वसम्मत हुने बताइ रहदा उनले प्रारम्भमा नै उम्मेदवारी दर्ता गरेका हुन् । रावल नवौं महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएका थिए । १० बुँदे सहमतिको संयोजक रहेका रावल लामो समय माधव नेपाल निकट रहेका नेता हुन् ।