निर्धारित भयो उम्मेदवारी दर्ता शुल्क

चितवन । नेकपा एमाले १० औं महाधिवेशनमा उम्मेदवारी दर्ता शुल्क निर्धारण भएको छ । निर्धारित शुल्क अनुसार अध्यक्षले उम्मेदवारी दर्ता गर्न १५ हजार तिर्नु पर्ने भएको छ । अध्यक्षबाहेका अन्य पदाधिकारीले उम्मेदवारी दर्ता गर्दा १० हजार तिर्नु पर्नेछ । भने केन्द्रीय सदस्यका लागि ५ हजार शुल्क निर्धारण भएको निर्वाचन आयोगले जनाएको छ । अहिले निर्वाचन आयोगले निर्वाचनको कामलाई तीव्रताका साथ गरिरहेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.