गायकद्धय दुर्गेश थापा र भिटेनलाई वाईसीएलले भित्र्याउने
माओवादी केन्द्र निकट युवा संगठन वासीएलले दुर्गेश थापा र भिटेनलाई भित्र्याउने भएको छ ।

काठमाडौं ।   माओवादी केन्द्र निकट युवा संगठन वासीएलले दुर्गेश थापा र भिटेनलाई भित्र्याउने भएको छ । चितवनमा वाइसीएलले आयोजना गरेको कार्यक्रममा यी दुईलाइ भित्र्याउने जानकारी गराइएको हो ।

वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले गायकद्धय दुर्गेश थापा र भिटेनलाई भित्र्याउने अभिव्यक्ति दिएकी हुन् । दुर्गेश र भिटेनजस्ता युवाहरुलाई युवामा ल्याएर अब्बल दस्ता निर्माण गर्ने उनको भनाइ छ । साथै ‘ समाजका सबै युवाहरुलाई हामी वाइसीएलमा ल्याउँछौँ ’ उनले भने , ‘एउटा राम्रो खेलाडी, राम्रो कलाकार, उत्कृष्ट विद्यार्थी वा समाजमा योगदान गरेका व्यक्तिलाई वाइसीएल बन्न् लामो समय कुरेर क्रियाशिल भइरहनु जरुरी हुन्न ।’

वाइसीएललाई सहरमा लोकप्रिय र सबैभन्दा ठुलो संगठन बनाइने कुरा पनि उक्त कार्यक्रममा बताइएको थियो । पछिललो समय कलाकारहरुको राजनीतिक क्षेत्रमा प्रवेश गर्ने क्रम बढ्दो छ मिडियामा राजनीतिमा नजाने भनेर खोक्रो अभिव्यक्ति दिएता पनि भित्र भित्रै भने राजनीति दलमा प्रवेश गरेको उदाहरणहरु धेरै छन् । जसमा रेखा थापा, करीश्मा मानन्धर, मुला साग सुरेनद्र केसीहरु हुन् ।

यी त मिडियामा देखाएरनै छिरेका थिए । नदैखाई छिर्ने त कति छन् कति ? नेताहरुले पनि कलाकारलाई पार्टीमा स्वागत गर्न तँछाडमछाँड गरिरहेको खबर पनि हामीले सुनी रहेकै हुन्छौं ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.