चितवन । चितवनमा भइरहेको नेकपा एमालेको १० औँ महाधिवेशनमा निर्वाचन समितिले गुटगत रुपमा समुह बनाएर प्रचा बाँड्न नपाइने घोषणा गरेको छ ।
अध्यक्षको उम्मेद्वारी दर्ता गराएपछि ओलीले पनि अध्यक्षमा उम्मेद्वारी दर्ता गराएको छन् ।
सर्वसम्मत महाधिवेशन नहुने भएपछि अहिले निवार्चन हुने भएको छ ।सोही निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन समितिले गुटगत रुपमा प्रचा बाड्न नदिने निर्णय गरेको हो ।
निर्वाचन आयोगले आचारसंहितामा पालना गरिदिन , त्यस विपरीत काम भएको कारण त्यसो नगरिदिन ,प्रचार प्रसार गर्दा ठूलो सामग्री प्रदर्शन नगर्न , समुहगत छलफल पनि नगन समेत आग्रह गरेको छ । आचारसंहितामा विपरीत काम भएमा आयोगले उम्मेदवारी वदर गर्ने चेतावनी समेत दिएको छ ।
निर्वाचन हुने भएसँगै मतदान केन्द्रमा प्रतिनिधिको भिड लाग्न थालेको छ ।