एमालेलाई अध्यक्षको उम्मेदवारीबाट ३० हजार आम्दानी

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा केपी ओली र भीम रावलले उम्मेदवारी दर्ता गराउँदा ३० हजार रुपैयाँ आम्दानी भएको छ ।

अध्यक्षका उम्मेदवारी दर्ता गर्दा निर्वाचन आयोगले तोकेको शुल्क १५ हजार रुपैयाँ बुझाउँदा एमालेलाई ३० हजार आम्दानी भएको हो ।

निर्वाचन आयोगले अध्यक्षका उम्मेदवारले १५ हजार बुझाउनु पर्ने नियम बनाएको थियो । अध्यक्षमा ओली र रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.