एमाले केन्द्रीय कमिटीमा दाङको दबदबा

दाङ । नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा दाङबाट उपाध्यक्ष, महासचिवसहित १० जना समेटिएका छन् ।

बन्दसत्रमा केपी ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेसँगै केन्द्रीय सदस्य सार्वजनिक भएका हुन् ।

जसमा दाङबाट एमालेको केन्द्रीय कमिटीमा उपाध्यक्ष, महासचिव र केन्द्रीय सदस्य नौ जना परेका छन् ।

सर्वसहमतिका लागि पेस गरिएको केन्द्रीय कमिटीको सूचीमा पार्टीको उपाध्यक्षमा युवराज ज्ञवाली, महासचिवमा शंकर पोख्रेल र केन्द्रीय सदस्यमा नरुलाल चौधरी, सुजिता शाक्य, मेनका पोख्रेल, शान्ता चौधरी, घनश्याम पाण्डे, कोमल वली, गंगा चौधरी, सीता सिग्देल न्यौपाने र साजिदा सिद्धिकीको नाम परेको छ । यद्यपि महाधिवेशनले औपचारिक रूपमा अनुमोदन गरी घोषणा गर्न बाँकी छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.