‘थारु क्लस्टर’बाट ३ महिला निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेकोे नाम प्रति असन्तुष्टि जनाउँदै ‘थारु क्लस्टर’ मा जयप्रकाश चौधरीले उम्मेदवारी दर्ता गरेपछि सो समूहमा निर्वाचन हुने सम्भावना देखिएको छ ।

सो समुहमा प्रस्तावितमध्ये कुनै पनि थारु समुदायका उम्मेदवारले आफ्नो उम्मेदवारी समय सीमाभित्र फिर्ता नलिएको खण्डमा ‘थारु क्लस्टर’ मा आन्तरिक प्रतिस्पर्धा हुने लगभग देखिएको हो ।

३ सय १ केन्द्रीय कमिटीमा थारु क्लस्टरबाट ५ जना पुरुष र ३ जना महिला समेत गरी ८ जना केन्द्रीय कमिटीमा अटाउने छन । तर, पुरुष ‘क्लस्टर’ ५ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । ओलीले प्रस्ताव गरेका बैजानाथ चौधरी, कृपाराम राना, गौरीशंकर थारु, नरुलाल चौधरी, बलवीरप्रसाद चौधरी तथा नयाँ उम्मेदवार जयप्रकाश थारुबीच प्रतिस्पर्धा हुनेछ ।

तर, महिलामा भने अन्य कसैको उम्मेदवारी नपरेकाले गंगा चौधरी सत्गौबा, सरस्वती चौधरी, मञ्जुकुमारी चौधरी निर्विरोध निर्वाचित हुने भएका छन् । यद्यपि, निर्वाचन केन्द्रीय समितिले औपचारिक घोषणा भने गरिसकेको छैन ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.