थप २ सय ५९ कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ८८ जनाको कोरोना परीक्षण गर्दा २ सय ५९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन्
।

यस्तै, २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय २४ पुगेको छ।

७ हजार २ सय ३१ जनाको पिसिआर परीक्षण र २ हजार ६ सय ५७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।  नेपालमा हाल ६ हजार ९ सय ४४ जना सक्रिय कोरोना संक्रमित छन् ।

 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.