कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री बनेको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम उनले मंगलबार विश्वासको मत लिन लागेका हुन् ।

उनी असोज १६ मा मुख्यमन्त्री बनेका थिए । उनी केन्द्रमा बनेको गठबन्धनको जोडघटाउबमोजिम मुख्यमन्त्री बनेका हुन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.