नेपालमा मोबाइल उत्पादन गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई आग्रह गरेका छन् । बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उद्घाटनका शर्माले सो बताएका हुन् । उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारीसमेत दिए । 

अवैध रुपमा हुने कारोबार र राजश्व चुहावट रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने मन्त्री शर्माले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.