काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन सुरु भएको छ । स्वस्तिवाचन गरेर काठमाडौंको भृकुटीमण्डप राप्रपाको महाधिवेशन सुरु भएको हो ।
महाधिवेशनका क्रममा आगामी अध्यक्षको दौडमा कमल थापा र राजेन्द्र लिङ्देन छन् ।
शुक्रबारसम्म चल्ने महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन अहिलेसम्म नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरुको सहभागी भएका छन् ।