नेपालमा बाह्य हस्तक्षेप छ : नेपाल

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्षका अध्यक्ष माधव नेपालले नेपालमा बाह्य शक्तिको हस्तक्षेप रहेको स्वीकारेका छन् ।

बुधबारबाट काठमाडौंमा भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा नेकपा मालेको भनाइलाई पुष्टि गर्दै उनले सो कुरालाई स्वीकार गरेका हुन् ।

सो क्रममा उनले भने, ‘नेपालमा कति बाह्य शक्तिको हस्तक्षेप छ भन्ने कुरा म आफैँ पनि साक्षी छ । जुन कुरा हामीले संविधान बनाउँदा पनि भोगेका छौँ ।’

मैनालीले २००७ सालदेखि नै नेपालमा हस्तक्षेप बढेको र सो पछि भएका परिवर्तनले पनि नेपालमा बाह्यशक्तिको हस्तक्षेप बढाएको आरोप लगाएका थिए । सोही क्रममा उनले नेकपा माओवादीका अध्यक्ष दाहालले नेतृत्व गरेको आन्दोलनले पनि नेपालमा बाह्यशक्तिको हस्तक्षेप बढाउन भूमिका खेलेको थियो । 

यद्यपि दाहालले सो आरोपलाई मैनाली पनि राप्रपाको अध्यक्ष बन्न लाग्नुभएछ, बधाई भन्दै खण्डन गरेका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.