बार पदाधिकारीसँग प्रचण्डले भने: न्यायपालिकाकाे समस्या चाँडै समाधान हुन्छ

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले न्यायपालिका समस्याबारे चाँडै निर्णय लिने बताएका छन् । 

बुधबार प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन दबाब दिँदै आफूलाई भेट्न आएका बार एशोसियसनका पदाधिकारी तथा वरिष्ठ अधिवक्तासँग कुराकानी गर्दै प्रचण्डले सो बताएका हुन् । 

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार भेटमा प्रचण्डले सत्ता गठबन्धन अदालतको निष्पक्षता र स्वतन्त्रताबारे सधैँ सजग रहेको र समस्या समाधानका लागि सम्बन्धित पक्षलाई अपिल पनि गरेको बताएका थिए ।

सो क्रममा उनले न्यायालय समस्याबारे अब के गर्ने भन्नेबारे गठबन्धन र दलबीच छलफल हुने बताएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.