पौडेल समूहले छान्न सकेन प्रदेश उम्मेदवार

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सातै प्रदेशमा उम्मेदवार छान्न नसकेपछि सम्बन्धित प्रदेश नेतालाई जिम्मेवारी दिएको छ ।

महामन्त्री शशांक कोइरालाको निवासमा बसेको पौडेल समूहको बैठकले सातै प्रदेशमा सर्वसम्मतरुपमा उम्मेदवार चयन गर्ने प्रयास गरे पनि आकांक्षी धेरै भएपछि निर्णय सो निर्णय गरेको हो । 

उम्मेदवारहरूका विषयमा छलफल भए पनि त्यसको अन्तिम टुंगो लगाउने गरी सम्बन्धित प्रदेशका नेताबीच जिम्मेवारी बाँडफाँड भएको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.