काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा २९ वटा मतपत्र प्रयोग हुने भएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार नयाँ नेतृत्व छान्न २९ वटा मतपत्र प्रयोग हुने भएका हुन् ।
‘केन्द्रीय प्रतिनिधिहरूले २९ वटा मतपत्रमा संकेत चिह्न प्रयोग गरी भोट खसाल्नुपर्ने भएकाले एक मतदातालाई करिब ४५ मिनेटदेखि एक घण्टा समय लाग्नसक्छ ।’
‘उत्साह, एकता, रुपान्तरण : सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसको केन्द्रीय महाधिवेशन यही मंसिर २४ गते काठमाडौंमा उद्घाटन हुनेछ । २५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ ।
२५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७ गते मतदान गर्ने कार्यतालिका बनाइएको छ ।