सर्वाेच्च अदालतका न्यायधीश र बार एशोसिएशनका न्यायधीशबीच छलफल हुने

काठमाडौं । सर्वाेच्च अदालतका न्यायधीश र नेपाल बार एशोसिएशन तथा सर्वाेच्च बार एशोसिएशनबीच आज छलफल हुने भएको छ ।

बुधबार बार एशोसिएशनले वरिष्ठतम् न्यायधीशलाई कायम मुकायम तोक्न माग गरेको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतमा उपस्थित नभएपछि कायम मुकायम तोकिएको थिएन ।

प्रधानन्यायधीशको अनुपस्थितिका बाबजुद वरिष्ठतम् न्यायाधीशलाई कायम मुकायम नतोकेको बारे बार एशोसिएशनले आपत्ति जनाएपछि बारका प्रतिनिधि र सर्वाेच्च अदालतका न्यायाधीशहरुबीच आज छलफल हुन लागेको हो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.