काठमाडौं । पाल्पामा मोटरसाइकल दुर्घटनामा एक जना मृत्यु भएको छ ।
तानसेन छहरा सडक खण्ड अन्तर्गत रिब्दीकोट गाउँपालिका वडा नं. ७ स्थित बतासेमा लु १९ प ८१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकमा पल्टिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालया पाल्पाका प्रहरी नायव उपरीक्षक (डिएसपी) मदन गिरीका अनुसार बुधबार बिहान करिब ११ बजे सो दुर्घटना भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका ज्ञवालीलाई उपचारका लागि लुम्विनी मेडिकल कलेजमा ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । मृत्यु हुनेमा तानसेन नगरपालिका वडा नं. १४ का ३८ वर्षीय हरिप्रसाद ज्ञवाली रहेका छन् ।
ज्ञवालीसँगै मोटरसाइकलमा सवार गुल्मी जिल्ला ग्वादी– ४ का ४३ वर्षीय अनिल ज्ञवाली घाइते भएका छन् । उनी उपचार पछि डिस्चार्ज भएको डिएसपी गिरीले बताए ।