विहिवार थप ३ सय १५ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि समय कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४०३ नमुना परिक्षणमध्ये आरटी पिसिआर परिक्षणमा २९८ र एन्टिजेन परिक्षणमा १७ जना कोरोना संक्रमित पुष्टि भएको हो ।

आज थपिएको संख्यासँगै नेपालमा ७ हजार ४५ सक्रिय कोरोना संक्रमित रहेका छन् । साथै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ५३५ जनाको मृत्यु भइसकेको छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.