काठमाडौं । नेपाल राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
आज बिहान बसेको बोर्डको बैठकमा नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो ।
कक्षा १२ को परीक्षाको नजिता सार्वजनिक गर्ने निर्णय भएको छ । सिष्टममा अपलोड हुँदैछ, केही समयमा हेर्न मिल्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।
१२ कक्षाको परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो भने परीक्षमा तीन लाख ८५ हजार विद्यार्थी सहभगी भएका थिए।