ओलीले गरे दोस्रोपटक अध्यक्षको पदभार ग्रहण

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले दोस्रो पटक अध्यक्षको पदभार ग्रहण गरेका छन् ।

यही मंसिर १० देखि १४ सम्म चितवनमा भएको महाधिवेशनबाट निर्वाचित भएका ओलीले थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेका हुन् ।

दोस्रोपटक पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणका क्रममा  ओलीले महधिवेशन सफलतापूर्वक सफल भएको बताउँदै उत्साहजनक जनसहभागिता भएको बताएका थिए ।

स्वतस्फूर्त रुपमा उपस्थित भएका आममानिसलाई विभिन्न पक्षबाट आरोप लगाएको भन्दै आलोचकहरुप्रति असन्तुष्टि प्रकट गरे । सो क्रममा उनले राजनीतिक सही रुपमा अगाडि बढ्न नसकेको बताए । 

सो क्रममा उनले न्यायालय विवाद स्थिर रहेको बताएको बताउँदै यो अवस्था अदालतको गलत साँठगाठका कारण यो अवस्था सिर्जना भएको बताए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.