जुम्लाका विपन्न र अपाङ्गलाई खाद्यान्न राहत

जुम्ला । जुम्लाको कनकासुन्दरी र चन्दननाथ गाउँपालिकाका पाँच सय ५५ व्यक्तिलाई राहत वितरण गरिएको छ ।

कोरोनाका कारण प्रभावित भएका २ सय ४९ जना अपांङ्ग भएका व्यक्ति र विपन्न नागरिकलाई गरी पाँच सय ५५ जनालाई राहत वितरण गरिएको अपांग पुर्वस्थापन तथा विकास केन्द्र जुम्लाले जानकारी दिएको छ ।

सहायता काईत्र, म अन्तर्गत करिब ६ महिना पुग्ने खाद्यान्न वितरण गरिएको केन्द्रका अध्यक्ष नन्दराज धितालले बताए ।

जसमा चामल ६० केजी, दाल १५ केजी, १ केजी नून, दुईओट सावुन,जिरा, खुर्सानी, धनिया सहितका खाद्य सामग्री वितरण गरिएको परियोजना संयोजक ठालुराम चौधरीले जानकारी दिए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.