काठमाडौं । राप्रपाका अध्यक्ष तथा भावी अध्यक्षका प्रत्यासी कमल थापाले आफू अत्यधिक मतले विजयी हुने बताएका छन् ।
शुक्रबार उम्मेदवारी दर्ताका क्रममा सञ्चारकर्मीसँग भएको अन्तरक्रियाका क्रममा थापाले सो बताएका हुन् ।सो क्रममा उनले आफू बहुमतले विजयी हुने बताउँदै जीतपछि आफूले लिङ्देनलाई पनि समेटेर लैजाने बताए ।
बिहीबारबाट काठमाडौंमा सुरु भएको महाधिवेशनमा अध्यक्ष पदसहित फरक-फरक प्यानल बनाएर थापा र लिङदेन मैदानमा उत्रिएका छन् । अब आइन्दा राप्रपा पार्टी कहिल्यै नटुट्ने बताउँदै उनले आजसम्म पार्टीमा तीन अध्यक्ष रहेको स्मरण गर्दै विगतमा आफूहरुले मन, वचन र कर्मले पार्टी नफुटाउने प्रतिबद्धता गरेको स्मरण गरे ।
उनले भने, ‘आगामी दिनमा हामी कुनै पनि हालतमा पार्टीलाई फुट्न दिने छैनौँ । टुटफुटको शृङ्खला सधैँका लागि अन्त्य भयो । राष्ट्रिय एकता महाधिवेशन फेरि गरिरहनुपर्दैन ।’