थापाले संसद् पुनर्स्थापनाको गुन बिर्सेकाले लेफ्ट धारमा नरहने घोषणा गरेकै दिन प्रचण्डले भने: गुन बिर्सेका छैनौँ, सघाउँछौँ

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले न्यायापालिकाले संसद पुनर्स्थापना गरेको गुन आफूले निबिर्सेको बताएका छन् ।

पूर्वबार पदाधिकारी शम्भु थापाले संसद पुनर्स्थापना प्रधानन्यायाधीशका कारण नभई आफ्ना कारणले भएको दलिल पेस गर्दै संसद पुनर्स्थापनमा दलहरुले आफ्नो गुन बिर्सेको बताएकै दिन दाहालले यस्तो बताएका हुन् ।

थापाले शुक्रबारै आफू लेफ्ट मुमेन्टमा नरहेको भनी घोषणा गरेका छन् । 

दाहालले भने, ‘यो तपाईहरुले थाहा पाएकै कुरा हो नि, संसद पुर्नस्थापनाका लागि न्यायपालिकाबाट पोजेटिभ काम भएको छ । त्यो विर्षेका छैनौँ । अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छौँ ।’

सो क्रममा उनले स्थानीय तहको निर्वाचनको विषयमा अहिले छलफल भइरहेको बताए । 

‘निर्वाचनका कामहरु अघि बढ्दै जान्छ । स्थानीय तहको निर्वाचनको मिति टुङ्गो लागेको छैन । मलाई जहाँ सम्म लाग्छ तत्काल निर्वाचन हुँदैन,’ उनले भने । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.