गायक सञ्जय श्रेष्ठको प्रश्न :कमल थापाले गद्दी त्यागेका राजालाई किन दोष दिने ?

काठमाडौं । गायक तथा राप्रपाका युवा नेता सञ्जय श्रेष्ठले अभिभावकीय दायित्व निभाउन कमल थापालाई सुझाव दिएका छन् ।

अध्यक्षमा पराजित भएपछि थापाले पूर्वराजा ज्ञानेन्द्र शाह (निर्मल निवासको नांगो हस्तक्षेप)माथि दोष थुपारेपछि गायक श्रेष्ठले आपत्ति जनाएका हुन् ।

२०७० सालको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा राप्रपाबाट चुनावसमेत लडेका श्रेष्ठले हारलाई सहज रुपमा लिँदै अभिभावकीय भूमिका निभाउनुपर्नेमा गद्दी त्यागेर बसेका राजालाई दोषारोपण गर्नु उपयुक्त नभएको उल्लेख गरेका छन् ।

ुपार्टीको यतिका बर्षसम्म अध्यक्ष जस्तो गरिमामय पदमा बस्नुभएका व्यक्तिबाट अभिभावकीय दायित्व निभाउँदै नव निर्वाचितहरुलाई खुशीसाथ बधाई र शुभकामना दिनुको साटो यस्तो खालको पूर्वाग्रह राख्दै आफ्नो हारको दोष जनता र देशको लागि गद्दी त्यागेर बसेका राजालाई दिने उनले प्रश्न गरेका छन्, ुहारलार्इ सहज रुपमा लिनु पो उदाहरणीय हुने थियो ।

राप्रपालाई २६ सिट दिलाउन र थापालाई उपप्रधानमन्त्री बनाउन अरुजस्तै आफूले पनि २०७० मा चुनाव लडेको र त्यतिबेलाको हारलाई आफूले सहज रुपमा लिएको स्मरण गर्दै प्रश्न गरेका छन्, तपाईजस्तो व्यक्तिले यस्तो लेख्न सुहायो त ? अरुलाइ दोष दिनु अघि आफ्नो दोष केलाउनुस ।

थापाको हारको कारणमा सञ्जयले अनुमान गरेका छन्, कतै त्यो बेला जनताले दिएको म्यान्डेट बिर्सेर उपप्रधानमन्त्री बन्ने दौडमा विदेशीले लादिदिएको यो संविधानलाई तपाईले विश्वकै उत्कृष्टु भन्नुभएको परिणाम त हैन

© 2021 Quicknepal.com  |  All Rights Reserved.