पौडेल निकट नेताहरु बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निकट नेताहरु नेतृत्व चयनका विषयमा छलफल गर्न बैठक बस्दैछन् ।

सोमबार साँझ पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी चार नेताबीच छलफल हुने स्रोतले बताएको छ । महाधिवेशन आउन एक साता पनि बाँकी छैन । तर, पौडेल समूहले सभापतिको उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

सभापतिमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दावी गर्दै आएका छन् ।

संस्थापन समूहबाट सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने तयारी गरेका छन् भने उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने पछिल्लो समय मौन छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.