पुस ९ गते रिलिज हुने कमेडी फिल्म ‘चुरीफुरी’को सेन्सर पास

काठमाडौं । निर्देशक ऋषिराज आचार्यले निर्देशन गरेको कमेडी जनराको फिल्म ‘चुरीफुरी’को सेन्सर पास भएको छ । सोमबार चलचित्र सेन्सर बोर्डले सबैले हेर्न मिल्ने गरि फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको छ ।

कमेडी जनरासँगै समसामयिक विषयवस्तुलाई स्थान दिइएको फिल्मलाई सबैले रुचाउने निर्देशक आचार्यले दावी गरेका छन् । आचार्यकै लेखन तथा निर्माण रहेको फिल्ममा नव–कलाकारहरु अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ र राजीवजंग बस्नेत मुख्य भूमिकामा छन ।

आरबी मूभिजको व्यानरमा निर्देशक आचार्य स्वयम् र रीना ढकालले संयुक्त रुपमा निर्माण गरेको फिल्मको सह–निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । राहुल राईको छायाँकन रहेको फिल्ममा नवीन निरौलाको सम्पादन, भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.