पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भारतीय विदेशमन्त्री एस जयशंकरले के भने ?
 
 

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले भारत नेपाललाई बिनाहिच्किचाहट सघाउन तयार रहेको बताएका छन् ।

बुधबारबाट सुरु भएको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई संबोधन गर्ने क्रममा जयशंकरले सो बताएका हुन् ।

एस जयशंकरले सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । सो क्रममा उनले नेपालले सफलतापूर्वक पुननिर्माण सम्पन्न गर्न लागेकोमा बधाई दिएका थिए ।

नेपाललाई खोप र औषधिसहित कोभिड महामारीविरुद्ध भारतले सहायता जारी राख्ने बताउँदै उनले प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० सम्मेलनमा व्यक्त गरेको ‘वान अर्थ वान हेल्प’ नीति अनुसार नै भारतले सघाउने बताए । 

‘भारतले अहिलेसम्म नेपालका ७० वटा विद्यालय र पुस्तकालय, २८ सम्पदाको पुननिर्माणमा १५० मिलियन अमेरिकी डलर खर्च गरेको छ । बाँकी ४३ वटा नेपाली सम्पदा पुननिर्माणमा भारतले २६० मिलियन डलर लगानी गर्नेछ,’सो क्रममा उनले भने, ‘नेपालमा भूकम्प गएको ६ घण्टामै उद्धारका लागि भारत नेपाल आइपुगेको थियो ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.