काठमाडौँ ।पछिल्लो समय नेपाली राजनीतिमा उतारचढाव आइरहँदा धितोपत्र बजार (सेयर मार्केट) मा पनि ठुलो तरङ्ग आएको छ । कारण झण्डै ३५ सय बिन्दु हाराहारी पुग्न लागिसकेको नेप्से एकाएक ओरालो लागिरहेको छ । यसले नै बजारमा तरङ्ग ल्याएको हो । यसको सम्पूर्ण दोष राष्ट्र बैङ्कले ल्याएको मौद्रिक नीतिमा खन्याइएको छ ।
राष्ट्र बैङ्कले गत साउन २९ गते आर्थिक वर्ष २०७८र७९ का लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । जुन नीतिमार्फत बैङ्कले धितोपत्र बजारलाई समेत प्रभाव पार्ने गरी पहिलोपटक धितोपत्र ९सेयर० धितो कर्जामा अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गरेको थियो । मौद्रिक नीतिमार्फत गरिएको सोही व्यवस्थाका कारण नै अहिले बजार घटेको भन्दै लगानीकर्ताहरूले राष्ट्र बैङ्कमाथि धारेहात लगाइरहेका छन् । तर, राष्ट्र बैङ्क यो मान्न तयार छैन ।
नियामक निकाय राष्ट्र बैङ्कले कुनै एक क्षेत्रलाई हेरेर निर्णय गर्ने वा नीति बनाउने काम गर्दैन, समग्र वित्तीय क्षेत्रलाई नै हेरेर बनाउँछ । यसमा कसले के भन्छ र के गर्छ, हाम्रो सरोकारको विषय भएन । तर, यसैलाई लिएर राष्ट्र बैङ्कले लिएको समग्र अर्थ नीतिलाई दोष दिनुको कुनै तुक छैन । सेयर बजारको जिम्मा हामी लिन सक्दैनौँ,’ राष्ट्र बैङ्कका प्रवक्ता देवकुमार ढकालले भने ।