काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। रुखाघोकीसहित ज्वरो आएपछि बिहीबार सञ्चारकर्मीसँग हुने भनिएको अन्तरक्रियामा उनी अनुपस्थित रहे ।
बालकोट स्रोतका अनुसार ओलीले बालकोटस्थित निवासमा आराम गरिरहेका छन् । आज बिहानदेखि उनले कोहीसँग पनि भेटघाट गरेका छैनन्। निवासमा आराम गरिरहेका छन् ।
तर ओली अस्वस्थ भएपछि सो कार्यक्रममा नेता प्रदीप ज्ञवाली सहभागी भए ।