थप २ सय ११ जनामा कोरोना पुष्टि

काठमाडौं । साताको पाँचौ दिन आज थप २ सय ११ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ५१ जनाको कोरोना परीक्षण गर्दा २ सय ११ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्सतै आज ३ सय २९ जना कोरोना मुक्त भएर फर्केका छन् भने संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

नेपालमा हाल ६ हजार १ सय ५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.