मुख्यमन्त्री राईलाई मन्त्रिपरिषद् विस्तार गर्न सास्ती

काठमाडौँ । प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राई मन्त्रिमण्डल विस्तार गर्न नसक्दा सकसमा छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएको महिना दिनसम्म  मन्त्रिमण्डल गठन गर्न नसक्दा उनी सकसमा परेका हुन् । यही मंसिर १ गते उनले विश्वासको मत लिएका थिए । सो क्रममा उनले दुई साताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । 

गत कात्तिक १६ मा राई मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै भागबन्डा मिलाएर मन्त्रालय कम्तिमा ११ पुर्याउने र मन्त्री र राज्यमन्त्रीसहित १३ मन्त्री चयन गर्ने गठबन्धनबीच सहमति भएको थियो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.