काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशनमा कांग्रेसले एक/एक वटा झोला वितरण गरेको छ । कांग्रेसले आफ्ना प्रतिनिधिलाई वितरण गरेको सो झोलामा के छ भनी धेरैको चासो छ ।
झोलामा के छ भनी खोजी गर्दा झोलाभित्र नेपाली उत्पादन अल्लाको जस्तो देखिने सो झोलामा १०/१० वटा मास्क कांग्रेसले वितरण गरेको हो ।
कांग्रेसले आफ्ना प्रतिनिधिलाई वितरण गरेको झोलाको बाहिरपट्टि हिमाल तराई र पहाडलाई प्रतिनिधित्व गर्ने नेपालको नक्सा छ ।ब्यानरमा नेपाली कांग्रेसको लोगो रहेको सो झोलामा रातो अक्षरले माथिबाट तलतिर क्रमश: उत्साह, एकता र रुपान्तरण लेखिएको छ ।
यतिखेर, महाधिवेशनस्थलमा चहल पहल सुरु भएको छ । महाधिवेशनस्लथमा ८ हजार सुरक्षाकर्मी उपस्थिति गराइएको छ ।


