सन्यास लिने सोचमा पौडेल, फकाउँदै केन्द्रीय सदस्य 

काठमाडौं । नेपाली कांग्रेस पौडेल समूहका नेता रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउन पौडेल निवास बोहोराटार पुगेका छन् ।

कांग्रेसको नेतृत्वमा पुग्ने चाहना प्रकट गर्दै आएका नेता पौडेल सहमतिबाट सभापतिको उम्मेदवार बन्ने सम्भावना कम भएपछि राजनीतिबाटै सन्यास लिने घोषणा गरी महाधिवेशनमै सहभागी नहुने घोषणा गरेका पौडेललाई फकाउन उनी निकट नेताहरु बोहोराटार पुगेका हुन् ।

पौडेल फकाउन जानेहरुमा नेताहरु मिनेन्द्र रिजाल, महेश आचार्य, गगनकुमार थापा, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायत छन् । 

यतिखेर बोहोराटारमा कुराकानी भइरहेको छ । 

शुक्रबार बिहान पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बसेको थियो । बैठकमा अरुको नाममा सहमति हुन नसकेको सन्दर्भमा पौडेललाई नै स्वीकारेर अघि बढ्ने विषयमा निर्णय भएको छ।

यता प्रकाशमान निकै अघि बढिसकेका छन् । उनले सभापतिको दौडबाट आफूपछि नहट्ने बताउँदै भोलि उम्मेदवारी दर्ता गर्ने बताएका छन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.