काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका छन् । त्यसैगरी, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर पनि महाधिवेशनस्ल पुगेका छन् ।
आजबाट सुरु हुने सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन उद्घाटनसत्रमा देउवा भर्खरै मात्र महाधिवेशन स्थल पुगेका हुन् ।
आजबाट सुरु भएको कांग्रेस महाधिवेशन आगामी २७ गतेसम्म चल्ने छ । यतिखेर विभिन्न झाकीहरु प्रस्तुत भइरहेका छन् । समय अवाभका कारण झाँकी एकदमै छोटो समय देखाइएको छ ।