कांग्रेस महाधिवेशन : भृकुटीमंडप पुगे ओली

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन स्थल भृकुटीमंडपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । ओली शुक्रबार नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाई दिन आयोजित कार्यक्रममा सहभागी थिए । त्यसैले पनि उनी कार्यक्रम स्थलमा ढिलो गरी सहभागी भएका हुन् । 

‘वास्तवमा पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि नेपाली काँग्रेस हो, अरु त बन्छन् बिलाउँछन्  । फेरि बन्छन् फेरि बिलाउँछन्’ भनी उनले कार्यक्रम स्थल जानु अघि पार्टीको कार्यक्रममा सम्बोधन गरेका छन् ।  

© 2021 Quicknepal.com  |  All Rights Reserved.