काठमाडौं । भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनले आफूले पहिलोपटक एकै मञ्चमा यतिधेरै प्रधानमन्त्री देखेको बताएका छन् ।
शुक्रबारबाट भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनलाई शुभकामना दिने क्रममा मञ्चमा रहेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधव नेपाल र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सो मञ्चमा उपस्थिति थिए ।
त्यस्तै उनले एउटा पार्टीको कार्यक्रममा सबै पार्टीका प्रमुख नेताहरू उपस्थित हुनु पनि आफ्ना लागि नयाँ विषय भएको बताए । उनले नेपाल-भारत सम्बन्ध आलौकिक भएको समेत बताए ।
सो क्रममा उनले नेपाल पशुपतिको देश भएको स्मरण गर्दै आफूले आज पनि पशुपतिनाथको दर्शन गरेको बताउँदै काठमाडौंवासी भाग्यमानी भएको बताए ।
त्यसैगरी, उनले नेपाल संकट परेका बेला भारतले सहयोग गरेको स्मरण गरे ।