नेपाल भारतको सम्बन्ध समधुर बनाउन चाहन्छौँः मुकुल वासनिक

काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वासनिकले नेपाल भारतबीचको सम्बन्ध समधुर र सुदृढ बनाउन आफूहरू क्रियाशील रहने बताएका छन् ।

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्र कार्यक्रममा शुभकामना दिन आएका उनले नेपाल-भारत बीचको सम्बन्ध सुमधुर र सुदृढ बनाउन आफ्नो पार्टी सधैं सचेत रहेको जानकारी दिए ।  'दुई देशको बीचमा केही समस्या हुनसक्छ, तर त्यसलाई दुवै देशले मिलेर समाधान गर्न सकिन्छ,' उनले भने, 'यसका लागि भारतीय काँग्रेसले के भूमिका खेल्नुपर्छ त्यो भूमिका खेल्न तयार छौँ ।'

उनले भारतीय राष्ट्रिय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीका तर्फबाट कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिएका छन् । यसअघि भाजपाका हर्षवद्र्धनले पनि कांग्रेस महाधिवेशनको सफलताको शुभकामना दिँदै नेपाल भारतसम्बन्ध सुमधुर रहेको बताए ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.