काठमाडाैँ । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशनमा शुभकामना दिने क्रममा जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रियताका मुद्दाहरूमा दलहरूबीच सहकार्य हुनु पर्ने बताएकी छिन् । सम्बोधनमा बोल्दै उनले अहिले पनि विभिन्न प्रकारले प्रतिगमनका अवरोधहरू कायम रहिरहेको बताइन । उनले गठबन्धनका दलहरू एकजुट हुनुपर्नेमा जोड दिएकी थिइन्।
सम्बोधनमा पौडेलले भनिन्, अहिले पनि विभिन्न कोणबाट प्रतिगमनका अवरोधहरू आइरहेको अवस्थामा त्यसलाई पनि चिर्नका निम्ति सही प्रकारको निकास यो महाधिवेशनले दिनेछ भन्ने पूर्ण विश्वास छ ।’ उनले राष्ट्रियताको मुद्दालाई काँग्रेसले आगामी दिनमा थप सशक्त ढंगले उठाउने आशा समेत व्यक्त गरिन् ।
साथै काँग्रेससँगको सहकार्यले नै लोकतान्त्रिक गणतन्त्र, समावेशिता लगायतमा उपलब्धि हासिल भएको समेत उनले बताइन् ।