संविधानप्रति हाम्रो असन्तुष्टि कायम छ : ठाकुर

काठमाडौं । लोसपाका अध्यक्ष महन्थ ठाकुरले संविधानप्रति आफ्नो असन्तुष्टि कायम रहेको बताएका छन् ।

थरुहट आन्दोलन हुँदा आफूहरुले मधेशमा शान्तिपूर्ण भएको तर, सोविरुद्ध गोली चलेको बताए । सो क्रममा उनले आफ्ना सांसद र नेता जेलमा रहेको बताउँदै उनले अहिले आफ्ना दर्जनौँ नेता जेल जीवन बिताइरहेको बताए । 

सो क्रममा उनले केपी शर्मा ओलीको पालामा १३९ जना जेलमुक्त भएको बताउँदै उनले धन्यवाद दिँदै भने, ‘बाँकी रहेका नेता कार्यकर्तालाई जेलमुक्त नगरे आन्दोलन हुन्छ ।’

सो क्रममा उनले अदालको विवादतर्फ इंगित गर्दै अरुको मुद्दा मिलाउने अदालतले आफ्नो मुद्दा आफैँ  मिलाउन शुभेच्छा प्रकट गरे ।   

© 2021 Quicknepal.com  |  All Rights Reserved.