काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष ठाकुरले तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले १३९ जना नेता कार्यकर्ताहरुलाई जेलमुक्त गरेको स्मरण गर्दै अझै समस्याहरु बाँकी रहेको बताए ।
१३९ जनालाई जेलमुक्त गरिदिएकोमा ओलीलाई धन्यवाद दिँदै ठाकुरले बाँकी रहेका समस्या पनि सम्बोधनका लागि सरकारसँग आग्रह गरे । उनले भने – केपी ओली जीलाई धन्यवाद दिन चाहान्छु की १३९ जना उहाँबाट मुक्त भएका छन् । अहिले पनि हाम्रा समस्याको सम्बोधन हामी चाहन्छौँ । कुनै पनि आन्दलोलनलाई दबाएर त्यसको सम्बोधन हुँदैन । बाँकी रहेको मुद्दाहरुको सम्बोधन हुनुपर्छ ।